आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को नियमित बैठक भोलि बिहान ९ बजेलाई सर्‍यो

मङ्गलबार, ०५ भदौ २०८०, १७ : १८
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । सरकारले मन्त्रिपरिषद्को नियमित बैठकलाई बुधबार बिहान नौ बजेलाई सारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै अन्य मन्त्रीहरुको कार्यव्यस्तता कारण बैठक सारिएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । 

अन्य समयमा मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको थियो । अहिले नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेकाहरु उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई भेटिरहेका छन् । प्रधानमन्त्री दाहाल केही समयअघि मात्रै नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ कार्यक्रममा सहभागी थिए । त्यसअघि उनी शीर्ष नेताहरुको बैठकमा सहभागी थिए । 

तर, बैठक एजेन्डामै प्रवेश नगरि बुधबार बस्नेगरि सकिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको छैठौँ बैठक बसिरहेको छ । उक्त पार्टीको कोटाबाट बनेका मन्त्रीहरु पनि बैठकमा सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप