मन्त्रिपरिषद्को नियमित बैठक भोलि बिहान ९ बजेलाई सर्यो
काठमाडौँ । सरकारले मन्त्रिपरिषद्को नियमित बैठकलाई बुधबार बिहान नौ बजेलाई सारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै अन्य मन्त्रीहरुको कार्यव्यस्तता कारण बैठक सारिएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
अन्य समयमा मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको थियो । अहिले नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेकाहरु उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई भेटिरहेका छन् । प्रधानमन्त्री दाहाल केही समयअघि मात्रै नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ कार्यक्रममा सहभागी थिए । त्यसअघि उनी शीर्ष नेताहरुको बैठकमा सहभागी थिए ।
तर, बैठक एजेन्डामै प्रवेश नगरि बुधबार बस्नेगरि सकिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको छैठौँ बैठक बसिरहेको छ । उक्त पार्टीको कोटाबाट बनेका मन्त्रीहरु पनि बैठकमा सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण