कांग्रेसका मन्त्रीको सामूहिक छलफल : एमालेको चलखेलबारे सचेत हुनुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसका मन्त्रीहरुकाे सामूहिक छलफलले प्रधानमन्त्रीलाई बलियाे बनाएर जाने निष्कर्ष निकालेको छ ।
मंगलबार रक्षा मन्त्रालयमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्व बसेको बैठकले प्रधानमन्त्रीलाई बलियो बनाउने निष्कर्ष निकालेको छलफलमा सहभागी मन्त्री सुरेन्द्र आचार्यले बताए । उनले भने,'प्रधानमन्त्रीलाई बलियो बनाएर जानुपर्छ । मन्त्रीहरुबीच एक आपसमा परिणाममुखी कामका लागि समन्वय गर्नुपर्छ भन्नेबारे छलफल भयो ।' छलफलमा उपप्रधानमन्त्री खड्काले पहिलोकै सहमति अनुसार गठबन्धनलाई अगाडि बढाउनुपर्ने बताएका थिए ।
"एमालेले अनेक वितण्डा गरिरहेको छ । संसदलाई बन्धक बनाउने अनेक काम भएको छ । एमालेले अनेक किसिमका चलखेल गर्दैछ । त्यसमा हामी सचेत हुनुपर्छ" खड्काले भनेका थिए ।
सत्ता गठबन्धनलाई कायम राखेर अगाडि जाने विषय गम्भीर छलफल भएको आर्चायले बताए । उनका अनुसार जनसरोकारका विषयमा मन्त्रीहरु खरो रुपमा उत्रिनुपर्ने विषय छलफल भएको थियो । कांग्रेस मन्त्रीबीच आन्तरिक छलफल गरेर मन्त्रिपरिषद् बैठकमा सहभागी हुने सहमति भएको छ ।
छलफलमा खड्कासहित कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सहरी विकास मन्त्री सीता गुरुङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू, महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्य र वाणिज्य आपूर्तिमन्त्री रमेश रिजाल सहभागी थिए । अर्थमन्त्री प्रकाशशरण महत विदेशीमा रहेकाले छलफलमा सहभागी थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण