कम्बोडियाको नयाँ प्रधानमन्त्रीमा हुन मानेट, ५१ सदस्यीय मन्त्रीपरिषद् बिस्तार
कम्बोडियाको राष्ट्रिय सभाबाट हुन मानेट प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
मंगलवार हुन मानेटलाई कम्बोडियाको राष्ट्रिय सभाले पाँच बर्षे कार्यकालको लागि नयाँ प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको हो । उनी कम्बोडियन पिपुल्स पार्टी (सिपिसी) को नेता हुन् ।
४५ वर्षीय मानेटले ३८ वर्षभन्दा बढी प्रधानमन्त्री भएका आफ्ना ७१ वर्षीय पिता सम्देच टेको हुन सेनको उत्तराधिकारीका रुपमा काम अघि बढाउनेछन् । तत्कालिन प्रधानमन्त्री हुन सेन नेतृत्वको सिपिसीले जुलाई २३ को एकपक्षीय आमचुनावमा ठूलो जित हासिल गरेको थियो ।
राष्ट्रिय सभाले सन् २०२३ देखि २०२८ सम्मको कार्यकालका लागि हुन मानेटको नयाँ मन्त्रीपरिषद् सदस्यहरुलाई समेत अनुमोदन गरेको छ ।
मतदानबाट निर्वाचित भएसँगै सांसदहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मानेटले कम्बोडियाको लागि आजको दिन ऐतिहासिक दिन भएको बताए । उनले आफू र आफ्नो मन्त्रीपरिषद्लाई विश्वासको मत दिएकोमा धन्यवाद ज्ञापन गरे ।
उनले देशको स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, शान्ति स्थायित्व, सुरक्षा र जनताको रक्षा गर्नुका साथै अर्थतन्त्र थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे ।
मानेट नेतृत्वको नयाँ मन्त्रीपरिषद्मा १० उपप्रधानमन्त्री, ११ वरिष्ठ मन्त्री र ३० जना मन्त्रीहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण