बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जनमतले गर्‍यो उपत्यका जिल्ला समिति भंग

मङ्गलबार, ०५ भदौ २०८०, १९ : ४३
मङ्गलबार, ०५ भदौ २०८०

 काठमाडौँ । जनमत पार्टीले उपत्यका समन्वय समिति, उपत्यकाका जिल्ला समिति र जिल्ला इन्चार्ज भंग गरेको छ ।  

काठमाडौँमा मंगलबार बसेको उपत्यका समन्वय समितिको बैठकले उपत्यकाका तीन वटा जिल्लाका जिल्ला समिति र जिल्ला इन्चार्ज भंग गरी क्षेत्रीय पर्यवेक्षक चयन गरेको छ ।

यस्तै बैठकले काठमाडौँका १० वटा क्षेत्रमध्ये आठ वटामा क्षेत्रीय पर्यवेक्षक चयन गरेको छ । दुई वटा क्षेत्रमा पछि तोक्ने निर्णय गरेको हो । यी पर्यवेक्षकहरुले एक महिना काम गरेर परिणाम देखाएपछि मात्र जिल्ला इन्चार्ज, जिल्ला समिति चयन गर्ने निर्णय गरेको छ ।

बैठकले काठमाडौँ क्षेत्र नम्बर १ का लागि रीता आर्याल, २ र १० नम्बरका लागि गणेश प्रसाद पुडासैनी, ३ नम्बरका लागि गोविन्द नेपाल, ४ नम्बरका लागि प्रकाश सुवेदी, ८ र ९ नम्बरका लागि सरिताश्री ज्ञवालीलाई पर्यवेक्षक तोकेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए ।  

उनीहरुले एक महिना काम गरेपछि परिणामका आधारमा जिल्ला समिति चयन गर्ने बताइएको छ । उपत्यका समन्वय समिति भदौ १५ गते बस्ने बैठकबाट गठन गर्ने स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप