सभापति भेला
पोखरामा प्रदेश सभापतिको भेला गर्ने कांग्रेसको तयारी
बुधबार, ०६ भदौ २०८०, १८ : ००
काठमाडौँ । नेपाली कांग्रेसले प्रदेश सभापतिहरुको भेला गर्ने भएको छ । कांग्रेसले भदौ १६ र १७ गते पोखरामा प्रदेश सभापतिहरुको भेला गर्न लागिएको हो ।
गण्डकीका प्रदेश सभापति शुक्रराज शर्माका अनुसार सभापतिको भेलामा सभापति शेरबहादुर देउवासहित केन्द्रीय तहका शीर्ष नेताहरु सहभागी हुने छन् ।
१६ गते उद्घाटन र १७ गते बन्द सत्र हुने उनले बताए । पार्टीका साथीहरु एक ठाउँ बसेर समसामयिक विषयमा छलफल गर्न लागिएको शर्माको भनाइ छ । ‘संगठनलाई विश्वासिलो कसरी बनाउने र नयाँ पिढीका लागि कांग्रेसप्रति आकर्षित गराउने बारेमा छलफल हुन्छ,’ शर्माले भने ।
भेलाको दोस्रो दिन पोखरा घोषणापत्र जारी गरिने शर्माले जानकारी दिए । १४ औं महाधिवेशनबाट प्रदेश कार्यसमितिको संरचनामा गएको कांग्रेसले पहिलो पटक प्रदेश सभापतिको भेला गर्न लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण