दिवङ्गत टेकबहादुरका बुवासँग अङ्कमाल गर्दै रेशमले भने, ‘हाम्रो भावनामाथि खेल्ने प्रयास भयो’
धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा रहेको बताएका छन् ।
स्व. साउँदको सालिक अनावरण कार्यक्रममा साउँदका बुवा नेत्र साउँदसँग अङ्कमाल गर्दै पूर्व प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेको बताए ।
उनले भने, ‘नेत्र साउँद र म दाइ भाइ हो । उहाँको बच्चा मेरो पनि बच्चा हो । हाम्रो भावनामाथि खेल्ने प्रयास हुँदै छ । मलाई जबरजस्त हत्याराको रूपमा उभ्याउन खोजियो । तर उहाँहरुले मलाई र टीकापुरलाई बुझ्नुभएको छ । उहाँहरूकै आर्सीवाद र सद्भावले म माननीय पनि भए । मैले सालिक बनाउँदै गर्दामा पनि धेरैले भनेछन् सालिक ल्याउन नलगाउनुस् ।’
त्यस्तै, उनले टीकापुरमा टाढाबाट ढुङ्गा हानेर सद्भाव खलबल्याउने काम समेत भइरहेको खुलाएका छन् । उनले अगाडि थपे, ‘टीकापुरमा भद्र ७ गते घटना घट्यो । दुभाग्र्यपूर्ण घटना घट्यो । आधिकार प्राप्तिको लागि अखण्ड र थरुहट आन्दोलन भयो । संयोगले अखण्ड सुदूरपश्चिमको माग सम्बोधन भयो । असन्तुष्ट थरुहट आन्दोलनकारीभित्र आगोको झिल्को थियो । त्यही आगोको झिल्कोमा अरूले खाना पकाउने कार्य गरे । टाढाको मान्छेले ढुङ्गा हानेर यहाँको सद्भाव खलबल्याउने काम भइरहेको छ ।’
यसैबीच उनले आफू टीकापुरको विकास र समृद्धि मात्रै चाहेको बताएका छन् । टीकापुरलाई टीकापुर बनाउनमा आफ्नो पनि लगानी रहेको बताउँदै उनले सबै मिलेर टीकापुरलाई समृद्ध बनाउनुपर्ने उल्लेख गरे । यसैबीच टेक बहादुरको सालिक अनावरण अनावरण गरिएको छ ।
२०७२ भदौ ७ गते थरुहट-थारुवान आन्दोलनको क्रममा टीकापुर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा गोली लागेर साउँदको मृत्यु भएको थियो । नागरिक उन्मुक्ति पार्टी संरक्षक रेशमलाल चौधरी टेक बहादुर साउँद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा स्थापना गरिएको टेकबहादुरको सालिक अनावरण गरिएको हो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी, टेक बहादुर साउँदका बाजे जङ्ग साउँद र बुवा आमाले संयुक्त रूपमा सालिक अनावरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण