खाद्यान्नमा मूल्यवृद्धि आकासिएको छ, बजार अनुगमन गरियोस् : सांसद यादव
बिहीबार, ०७ भदौ २०८०, १६ : ३५
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले खाद्यान्नको मूल्यवृद्धि भएकोप्रति बजार अनुगमन गर्न माग गरेकी छिन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद यादवले चामल, चिनी, आँटा, प्याज लगायतको मूल्यवृद्धि आकासिएको बताएकी हुन् । उनले मूल्यवृद्धि नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्नुपर्ने बताइन् । पहिले नै व्यापारिहरुले भण्डारण गरेका खाद्य सामग्रीहरुलाई बाहिर निकालेर उचित मूल्यमा बिक्री गर्नुपर्ने उनले बताइन् ।
सांसद यादवले दलित समुदायको अवस्थामा अझैपनि परिवर्तन हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले दलित समुदायलाई कहिलेसम्म दास र भूमिहीन बनाइराख्ने भनि प्रश्न समेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण