शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

खाद्यान्नमा मूल्यवृद्धि आकासिएको छ, बजार अनुगमन गरियोस् : सांसद यादव

बिहीबार, ०७ भदौ २०८०, १६ : ३५
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले खाद्यान्नको मूल्यवृद्धि भएकोप्रति बजार अनुगमन गर्न माग गरेकी छिन् ।  

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद यादवले चामल, चिनी, आँटा, प्याज लगायतको मूल्यवृद्धि आकासिएको बताएकी हुन् । उनले मूल्यवृद्धि नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्नुपर्ने बताइन् । पहिले नै व्यापारिहरुले भण्डारण गरेका खाद्य सामग्रीहरुलाई बाहिर निकालेर उचित मूल्यमा बिक्री गर्नुपर्ने उनले बताइन् ।

सांसद यादवले दलित समुदायको अवस्थामा अझैपनि परिवर्तन हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले दलित समुदायलाई कहिलेसम्म दास र भूमिहीन बनाइराख्ने भनि प्रश्न समेत गरिन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप