कर्णालीमा कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशले कांग्रेसबाट स्थानीय चुनाव जितेका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । बिहीबार बसेको प्रदेश समितिको बैठकले जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।
कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार वीपी जयन्तीको अवसरमा भदौ २४ र २५ गते २ दिने प्रशिक्षण कार्यक्रम राखिएको छ । उक्त कार्यक्रम प्रदेश राजधानी वीरेन्द्रनगरमा हुनेछ ।
‘स्थानीय तहमा जितेका प्रतिनिधि पार्टीको घोषणापत्रअनुरुप जनपक्षीय काम गर्ने, कानुनी कुराको बारेमा प्रष्ट गर्न, आर्थिक सुशासन, पारदर्शितालगायत विषयमा प्रशिक्षण दिइनेछ,’ शाहीले भने,‘साथै, विकास निर्माण कार्यलाई जनपक्षीय रुपमा काम गर्ने विषयमा पनि छलफल गरिनेछ ।’
यस्तै २० साउनदेखि ३० सम्म सञ्चालन गरेको पार्टीको आन्तरिक विशेष अभियानको बारेमा पनि समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा उक्त अभियान प्रभावकारी रुपमा सञ्चालन भई सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ छ ।
‘यस्ता अभियानहरू केन्द्र, प्रदेश र जिल्लाले आगामी दिनमा निन्तरता दिनुपर्ने देखिन्छ,’ उनले भने,‘जसले पार्टी र जनतासँगको दुरी नजिक बनाउँछ ।’
साथै, बिहीबारको बैठकले कर्णालीमा जिल्ला सम्मेलन गर्न बाँकी रहेका जिल्लाहरूलाई असोज मसान्तभित्र अनिवार्य सम्मेलन सम्पन्न गर्न पुनः निर्देशन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण