सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रजात्राको अवसरमा नेपालभाषाको गीत प्रतियोगिता, प्रथम हुनेले एक लाख पाउने

शुक्रबार, ०८ भदौ २०८०, २० : ५८
शुक्रबार, ०८ भदौ २०८०

पाटन । इन्द्रजात्राको अवसरमा लिटल स्टार नेपालभाषा गीत प्रतियोगिता हुने भएको छ । ललितपुर महानगरपालिका वडा नं. १६ को कलाकार समितिको आयोजना यही असोज ११ गते बिहीबार उक्त प्रतियोगिता हुने समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिए ।

उक्त कार्यक्रमका लागि पाटन म्युजियमको सहयोग रहने जानकारी दिइएको छ ।  कला क्षेत्रको विकास र परम्परादेखि चलिआएको  संस्कृति संरक्षणका लागि प्रतियोगिता गर्न लागिएको ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिए । 

प्रतियोगितामा नेपालभरिका कलाकारहरुले भाग लिन सक्नेछन् । “जुनसुकै जातजाति र वर्गका मानिसले पनि भाग लिन सक्नेछन्”,  वडा अध्यक्ष शाक्यले भने ।  प्रतियोगितामा प्रथम हुने गीतले १ लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने व्यवस्था छ। त्यस्तै, दोस्रोका लागि ७५ हजार र तेस्रोका लागि ५० हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

चौथो स्थानमा पर्नेले सान्त्वना स्वरुप २५  हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट संगीतकार र रचनाकारले समेत जनही २५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन्  ।

 सबै उमेर समूहका व्यक्ति वा समूहले भाग लिन पाउने उक्त प्रतियोगितामा समावेश हुने नेपालभाषाको गीत ३ देखि ५ मिनेटसम्मको हुनुपर्ने नियम रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप