विदेशी राष्ट्रिय गान बजाएको भन्दै मुख्यमन्त्रीद्वारा कार्यक्रम बहिस्कार
शुक्रबार, ०८ भदौ २०८०, २२ : ४६
बुटवल । नेपाली भूमिमा विदेशी राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छन्।
रुपन्देहीमा शुक्रवार भएको किवानिस नेपालको पाँचौँ डिस्ट्रिक्ट महाधिवेशनको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिष्कार गरेको उनको सचिवालयले जनाएको छ।
प्रमुख अतिथिको रूपमा मुख्यमन्त्री चौधरी सहभागी हुनु भएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले कार्यक्रम बहिस्कार गरेको मुख्यमन्त्री प्रेस सल्लाहकार गोपाल शर्माले बताए
नेपाल डिस्ट्रिक्ट महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियताप्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्किएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
-
दुई आईजी अमेरिका प्रस्थान
-
दलाई लामाको जन्मदिनमा औपचारिक कार्यक्रम र जुलुस गर्न नदिने सुरक्षा समितिको निर्णय
-
नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अगस्टमा
-
म्याराडोनाको विवादास्पद गोलसँगै पराजित भएकै मैदानमा मेक्सिकोसँग भिड्दै इंग्ल्यान्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण