बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले केन्द्रीय नेतालाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने

शुक्रबार, ०८ भदौ २०८०, २३ : ०४
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना पार्टीका केन्द्रीय नेतालाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने भएको छ । 

तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरूलाई खटाउन लागिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार नेताहरूले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर सङ्गठन विस्तारका कार्यक्रम सञ्चालन गर्ने छन् ।

यसैगरी पार्टीको नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्तालाई प्रशिक्षित गरिने छ ।

यस अवधिमा सङ्गठनको अभिलेख सङ्कलन र सदस्यता वितरण कार्यसमेत हुने र सोहीबमोजिम पार्टीले आगामी शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहमा प्रशिक्षण कार्यक्रम गर्ने भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप