जसपाले केन्द्रीय नेतालाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने
शुक्रबार, ०८ भदौ २०८०, २३ : ०४
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना पार्टीका केन्द्रीय नेतालाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने भएको छ ।
तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरूलाई खटाउन लागिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार नेताहरूले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर सङ्गठन विस्तारका कार्यक्रम सञ्चालन गर्ने छन् ।
यसैगरी पार्टीको नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्तालाई प्रशिक्षित गरिने छ ।
यस अवधिमा सङ्गठनको अभिलेख सङ्कलन र सदस्यता वितरण कार्यसमेत हुने र सोहीबमोजिम पार्टीले आगामी शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहमा प्रशिक्षण कार्यक्रम गर्ने भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण