सातामा २० अंक घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज परिसूचक २० अंकले घटेको छ । गत साताको बिहीबारको तुलनामा यो साताको सोही अवधिसम्म २० अंकले घटेर परिसूचक बन्द भएको हो । गत साताको बिहीबार नेप्से परिसूचक २०३३ अंकमा थियो । जुन, यो साता १ प्रतिशतले घटेर २०१३ अंकमा आएर रोकिएको हो ।
यो साता ५ दिन कारोबार भएको नेप्से परिसूचक ३ दिन घटेको थियो । २ दिन भने परिसूचक बढेको थियो । सातामा आइतबार, सोमबार र बिहीबार परिसूचक घटेको हो । आइतबार २१ अंकले घटेको परिसूचक सोमबार १२ अंकले घटेको थियो ।
यस्तै, साताको अन्तिम कारोबार दिन ३१ अंकले परिसूचक घटेको थियो । यसबाहेक, मङ्गलवार १७ अंक र बुधवार २९ अंकले बढेको थियो । परिसूचकसँगै यो साता कारोबार रकम पनि घटेको छ ।
नेप्सेमा यो साता ७ अर्ब २५ करोड रुपैयाँ हाराहारीको कारोबार भएको छ । जुन गत साताको तुलनामा ३ अर्ब २५ करोडले कम हो । गत साता नेप्सेमा १० अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
परिसूचक र कारोबार रकम घटेको साता नेप्सेको पुँजीकरण समेत घटेको छ । यो साता १ प्रतिशतले पुँजीकरण घटेर ३० खर्ब १४ अर्ब रुपैयाँमा आएको छ । गत साता नेप्सेको पुँजीकरण ३० खर्ब ४३ अर्ब रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण