संगीतकार ‘स्माइल’ को ‘निर्लज’मा आर्यन र श्रद्धाको रोमान्स
काठमाडौंँ । एक महिनामै संगीतकार शंकर थापा ‘स्माइल’का ८ वटा गीतहरु सार्वजनिक भएका छन् । अगष्ट महिनामा मात्र उनले फरक फरक श्रष्टा तथा सज्रकसँग काम गरेका ७ गीत र त्यसको भिडियो रिलिज गरेका हुन् ।
जस मध्ये ७ वटा गीतमा उनको संगीत र एउटा गीतमा स्वर रहेको छ । सार्वजनिक गीतहरुमा ‘तिमी साथ भइदिए’, ‘तिमीसँग हाँसे पनि’, ‘निर्लज’, ‘तिम्रो आउने पालो’, ‘सम्झनामा ताजमहल’, ‘भावनामा पनि’, ‘यो भिडमा’ र ‘खुल्लम खुल्ला’ रहेका छन् ।
अगष्ट एकमा सार्वजनिक भएको ‘तिमी सब भइदिए’मा नुतन भुषालको शब्द र प्रश्ना शाक्यको स्वर, अगष्ट ११ मा सार्वजनिक भएको ‘तिमीसँग हाँसे पनि’ मा सन्तोष लम्सालको शब्द र स्वरुप राज आचार्यको स्वर, अगष्ट ११ मै रिलिज भएको ‘निर्जल’मा राखी गौचनको शब्द र शिव परियारको स्वर रहेको गीतको भिडियोमा आर्यन सिग्देल र श्रद्धा क्षेत्रीको अभिनय छ ।
अगष्ट १४ मा सार्वजनिक भएको ‘तिम्रो आउने पालो’मा डिपी खनालको शब्द र मुना ठटालको स्वर, अगष्ट २१ मा रिलिज भएको ‘भावनामा पनि’मा सरला श्रेष्ठको शब्द र अस्मिता अधिकारीको स्वर, अगष्ट २३ मा रिलिज भएको ‘यो भिडमा’मा डिपी खनालको शब्द र सरोज परियारको स्वर र अगष्ट २५ मा रिलिज भएको ‘खुल्लम खुल्ला’मा डिपी खनालको शब्द र डिपी खनाल र निखिता थापाको स्वर रहेको छ ।
यस्तै अगष्ट १६ मा रिलिज भएको शंकरको स्वर रहेको ‘सम्झनामा ताजमहल’मा गणेश शाहीको शब्द र देवेन बरालको संगीत रहेको छ । सार्वजनिक गीतमा ‘तिम्रो आउने पालो’, ‘यो भिडमा’ र ‘खुल्लम खुल्ला’ शंकर नेतृत्वको डश म्युजिक प्रा.लिले उत्पादन तथा वितरण गरेको हो ।
हरेक महिना दश पन्ध्रवटा गीत रिलिज गर्ने शंकर यसपटक भने गायन रियालिटी शो ‘मेरो भ्वाइस कप युनिभर्स’मा कोचका रुपमा समेत कार्यरत् थिए । १५०० भन्दा बढी गीतमा संगीत दिएका शंकर पछिल्लो समयका सर्वाधिक व्यस्त संगीतकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण