राप्रपाले बोलायो संसदीय दलको बैठक
आइतबार, १० भदौ २०८०, १३ : ४३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ । अहिले केहीबेरमा संसदीय दलको बैठक बस्न लागेको नेता धवलशमशेर राणाले जानकारी दिए ।
संसदीय समितिको सभापति निर्वाचनलाई मध्यनजर गर्दै दलको बैठक बोलाएको सो पार्टीले जनाएको छ । दलहरुबीच राप्रपालाई विकास तथा पूर्वाधार समिति सभापतिको सभापति दिने सहमति भैसकेको छ ।
दलहरुबीचको सहमतिपछि राप्रपाले मकवानपुरका सांसद दीपक सिंहले उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि सो समितिमा माओवादी केन्द्रका माधव सापकोटालाई सभापति बनाउने गठबन्धनको तयारी थियो ।
सापकोटा यो समितिबाट आउट भएपछि अव माओवादीले कानुन समितिको मात्र नेतृत्व पाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
-
एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब
-
खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित
-
शशांकको चियापानमा इतर समूहका भन्दा संस्थापनका धेरै नेता, देखिएनन् शेखर र सुजाता
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ