बालबालिकालाई कोरोनाविरुद्धको खोप भोलिसम्म दिइने
आइतबार, १० भदौ २०८०, १४ : ३८
काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप बालबालिकालाई सोमबार अर्थात् भोलिसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरी काठमाडौँ जिल्लामा १२ वर्ष माथिका उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको फाइजर खोपको अभियान सञ्चालन गरेको हो ।
भोलिसम्म सञ्चालन हुने खोप अभियानमा पहिलो, दोस्रो, मात्राको साथै पहिलो बुस्टर, दोस्रो बुस्टर, तेस्रो बुस्टर र चौथो बुस्टर दिइने मन्त्रालयले जनाएको छ । काठमाडौँ जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरू,सामुदायिक विद्यालयहरू, नगर अस्पतालहरू, सरकारी तथा गैर सरकारी अस्पतालहरूमा बालबालिकाका लागि खोप अभियान सञ्चलन गरिनेछ । खोप लगाउन जाँदा खोप कार्ड लिएर जान मन्त्रालयको अनुरोध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर सिंहका समर्थकलाई कारबाही गर्न पर्सा कांग्रेसको माग
-
कोशी प्रदेशमा मन्त्री बनाउने दौड
-
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी
-
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु