बालबालिकालाई कोरोनाविरुद्धको खोप भोलिसम्म दिइने
आइतबार, १० भदौ २०८०, १४ : ३८
काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप बालबालिकालाई सोमबार अर्थात् भोलिसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरी काठमाडौँ जिल्लामा १२ वर्ष माथिका उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको फाइजर खोपको अभियान सञ्चालन गरेको हो ।
भोलिसम्म सञ्चालन हुने खोप अभियानमा पहिलो, दोस्रो, मात्राको साथै पहिलो बुस्टर, दोस्रो बुस्टर, तेस्रो बुस्टर र चौथो बुस्टर दिइने मन्त्रालयले जनाएको छ । काठमाडौँ जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरू,सामुदायिक विद्यालयहरू, नगर अस्पतालहरू, सरकारी तथा गैर सरकारी अस्पतालहरूमा बालबालिकाका लागि खोप अभियान सञ्चलन गरिनेछ । खोप लगाउन जाँदा खोप कार्ड लिएर जान मन्त्रालयको अनुरोध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण