कांग्रेसको बीपी साहित्य महोत्सवका यस्ता छन् कार्यक्रम
काठमाडौँ । नेपाली कांग्रेसले भदौ अन्तिम साता बीपी साहित्य महोत्सव आयोजना गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय र नेपाल लेखक संघको संयोजनमा भदौ २४, २५ र २६ गते बीपी साहित्य महोत्सव आयोजना गर्न लागिएको हो ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पत्रकार सम्मेलन गरी ११०औं बीपी जयन्तीको अवसरमा बीपी साहित्य महोत्सव गर्न लागिएको बताए ।
उनका अनुसार महोत्सवका १२ वटा सेसन हरेक दिन साँझ हुने छ । महोत्सवमा कविता, गजल र सांगीतिक साँझका साथै चित्रकला, वृत्तचित्र र ऐतिहासिक फोटो प्रदर्शनी कार्यक्रम पनि रहेको विश्वकर्माले बताए ।
यस्तै मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेस, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, युवा स्रष्टामा बीपी पठन रपरिवारले बुझेका बीपी गरी १२ वटा सत्रहरु रहने छन् ।
महोत्सवका संयोजक एवं कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले महोत्सवमा भारतबाट जेएनयूका पूर्व प्राध्यापक आनन्दकुमार आउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण