तेक्वान्दो टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड जाने
काठमाडौँ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको थप तयारी गर्न वैदेशिका लागि तेक्वान्दोको ग्योरोगी टोली मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ ।
९ खेलाडीसहित १२ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप बोर्ड एवं कार्यकारी समितिकी सदस्य नन्दा बस्याल र राखेपका सदस्य मानदेव हजराले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
पुरुष खेलाडीमा राहुल कुमाल (५८ केजीमुनि), गोविन्दबहादुर आले (६३ केजीमुनि), वीरबहादुर महरा (६८ केजीमुनि), अभिषेक बराल (० केजीमुनि) र ज्याकी यादव (० केजीमाथि) रहेका छन् ।
महिलामा अन्जली तामाङ (४९ केजीमुनि), आयशा लामा (५३ केजीमुनि), सन्ध्याकुमारी सिंह (५७ केजीमुनि) र इन्दिरा बस्नेत (६७ केजीमुनि) छन् । प्रशिक्षकमा टीकाप्रसाद लिम्बू, कुमार लामा घिसिङ र ज्ञानी चुनारा (स्वयंसेवक) रहेका छन् । टोली सेप्टेम्बर १७ तारिख नेपाल फर्कने कार्यक्रम छ ।
हाङझाव एसियाडको पुम्सेमा सहभागी हुने खेलाडी प्रेमबहादुर लिम्बू र स्वस्तिका तामाङ भने मलेसियामा वैदेशिक प्रशिक्षण पश्चात स्वदेश फर्किसकेको छ प्रशिक्षक लिम्बूले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण