विवेकशील साझाको बागमती अध्यक्षमा खड्का चयन
काठमाडौँ । विवेकशील साझाको बागमती प्रदेश अध्यक्षमा अजित खड्का चयन भएका छन् ।
सोमबार भक्तपुरमा सम्पन्न प्रदेश अधिवेशनले खड्काको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।
प्रदेश निर्वाचन आयोगका प्रमुख शंकर बञ्जाडेका अनुसार उपाध्यक्षमा डिजेन बस्नेत, सचिवमा शकिल अहमद र कोषाध्यक्षमा दिलकुमार केसी निर्वाचित भएका छन् ।
अधिवेशनले सदस्यहरुमा प्रेमप्रसाद बस्ती, आशिष कार्की, पूर्णलाल श्रेष्ठ, वैकुण्ठ दाहाल, शारदा लक्ष्मी प्रधान, मधुसुदन कार्की, नरेन्द्र श्रेष्ठ, अशोक अधिकारी र भूषण कुमार श्रेष्ठलाई चयन गरेको छ।
प्रमुख बञ्जाडेका अनुसार निर्वाचनमा 'नो भोट' को पनि अभ्यास गरिएको थियो । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण एवं पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुरज प्रधानले जानकारी दिए ।
यसैबीच विवेकशील साझा पार्टीको दोस्रो प्रादेशिक अधिवेशन कोशी प्रदेशमा हुने तय भएको छ । यही असोज दोस्रो साता कोशी प्रदेश अधिवेशन गर्न लागिएको प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुदन श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण