शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपाले गौहत्याको विरोधमा सरकारलाई ज्ञापन पत्र बुझाउँदै

मङ्गलबार, १२ भदौ २०८०, ०८ : ४२
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । देशका विभिन्न स्थानमा राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भइरहेको जनाउँदै राप्रपाले त्यसलाई रोक्न माग गर्दै ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो । 

राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागिको माग गर्दै दिउँसो प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाइने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप