मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बजारमा कति छ पैसा ?

मङ्गलबार, १२ भदौ २०८०, १२ : ०७
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५३ खर्ब ८१ अर्ब हाराहारी रहेको छ । औद्योगिकसँगै कृषि उत्पादनसँगै पर्यटन, मानव संसाधन ज्याला तथा उत्पादकत्वको हिसाबले नेपालको वार्षिक उत्पादन झण्डै ५४ खर्ब हाराहारी रहेको तथ्याङ्क कार्यालयको भनाइ छ । 

तर, बजारमा नगद (क्यास) प्रवाह कति छ त ? नेपाल राष्ट्र बैङ्कका अनुसार २०८० साउन मसान्तसम्ममा बजारमा कूल ६ खर्ब १३ अर्ब २२ करोड ६७ लाख ६२ हजार १५४ रुपैयाँ क्यास (नगद) रहेको छ । 

यो बजारमा रहेको भौतिक पैसा हो । यस्तो क्यास सर्कुलेशन अघिल्लो महिना अर्थात् २०८० असार मसान्तमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो । 

समीक्षा महिनामा १२ अर्ब ५६ करोड ११ लाख १० हजार ३७६ रुपैयाँले क्यास सर्कुलेशन घटेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप