बजारमा कति छ पैसा ?
मङ्गलबार, १२ भदौ २०८०, १२ : ०७
काठमाडौँ । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५३ खर्ब ८१ अर्ब हाराहारी रहेको छ । औद्योगिकसँगै कृषि उत्पादनसँगै पर्यटन, मानव संसाधन ज्याला तथा उत्पादकत्वको हिसाबले नेपालको वार्षिक उत्पादन झण्डै ५४ खर्ब हाराहारी रहेको तथ्याङ्क कार्यालयको भनाइ छ ।
तर, बजारमा नगद (क्यास) प्रवाह कति छ त ? नेपाल राष्ट्र बैङ्कका अनुसार २०८० साउन मसान्तसम्ममा बजारमा कूल ६ खर्ब १३ अर्ब २२ करोड ६७ लाख ६२ हजार १५४ रुपैयाँ क्यास (नगद) रहेको छ ।
यो बजारमा रहेको भौतिक पैसा हो । यस्तो क्यास सर्कुलेशन अघिल्लो महिना अर्थात् २०८० असार मसान्तमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ रहेको थियो ।
समीक्षा महिनामा १२ अर्ब ५६ करोड ११ लाख १० हजार ३७६ रुपैयाँले क्यास सर्कुलेशन घटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण