बागमती प्रदेशसभाको बैठक १८ गतेका लागि तय
मकवानपुर । बागमती प्रदेशसभाको बैठक भदौ १८ गतेका लागि तय भएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौँडाले प्रदेशसभा बैठक भदौ १८ गते अपराह्न १ः३० बजेका लागि तय भएको जनाएको हो ।
गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट पास गरेलगत्तै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैठक २ महिना पछि बस्ने भएको छ ।
सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार उक्त बैठकको सम्भावित कार्यसूची तयार गर्न सोही दिन बिहान ११ः३० बजे कार्यपरामर्श व्यवस्थापन समितिको बैठक आह्वान गरेको छ ।
गत असार २२ गते बसेको प्रदेशसभा बैठकबाट अर्थ सम्बन्धी २ वटा विधेयक पारित गरेसँगै स्थगित गरिएको थियो । पर्याप्त विजनेशन नहुँदा त्यस यता प्रदेशसभा बैठक बस्न सकेको थिएन ।
प्रदेशसभाका संसदीय समितिले पनि पूर्णता पाउन सकिएको छैन । प्रदेशसभाका ५ वटा समितिका सभापति चयन हुन बााकी रहेको छ ।
प्रदेशसभा सचिवालयमा मंगलबार मात्रै सरकारको तर्फबाट एउटा विधेयक दर्ता भएको छ । सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले युवा वैज्ञानिक खोज अनुसन्धान तथा नव प्रवर्तन सम्बन्धी विधेयक दर्ता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
-
धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण