बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा स्कर्पियोमाथि पहिरो खस्दा ५ जना घाइते

बुधबार, १३ भदौ २०८०, ०९ : २३
बुधबार, १३ भदौ २०८०

बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कर्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कर्पियोमाथि जोर्तेको उकालोमा पहिरो खसेको हो । 

घटनामा जीपमा सवार  पाँच जना घाइते भएका छन् । पहिरोमा च्यापिएका तीन जनालाई अझैसम्म पनि बहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भैरहेको स्थानीयको भनाइ छ  । घटनाबारे थप विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप