सचिवालयको बैठकमा भाग लिन एमाले नेताहरु जनकपुर पुगे
बुधबार, १३ भदौ २०८०, १२ : १५
काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरु जनकपुर अवतरण भएका छन् ।
सिरहाको सर्रे अम्बासमा हुने पार्टीको सचिवालयको बैठकमा भाग लिन जानेक्रममा बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौँ फर्किएपछि उनीहरु पुनः अर्को जहाजबाट जनकपुर पुगेका हुन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरु चढेको पहिलो जहाज प्राविधिक समस्याका कारण काठमाडौँ फर्किएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता विराटनगर हुँदै सिरहा जाँदै छन्।
एमालेले तत्कालीन नेकपा (माले) को २०४७ सालमा चौँथो महाधिवशेन भएको उक्त स्थलमा यही भदौ ९ गते सचिवालयको बैठक राखेकामा वर्षाका कारण आजका लागि सारेको थियो । सो बैठक आज बिहान ११ बजे बस्ने भनिएपनि नेताहरु समयमा पुग्न नसक्दा ढिलाई भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण