ट्विटरमा छिट्टै अडियो–भिडियो कल, मस्कले गरे घोषणा
अमेरिकी अर्बपति व्यापारी एलन मस्कले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडियो र अडियो कलको सुविधा चाँडै नै उपलब्ध हुने घोषणा गरेका छन् । उनले यो नयाँ फिचरले एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा काम गर्ने बताए ।
उनले लेखेका छन्, ‘‘एक्स’मा अडियो र भिडियो कलिङ सुविधा चाँडै आउँदै छ । यसले आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्ट कम्प्युटरहरूमा काम गर्नेछ ।’
यसका लागि कुनै फोन नम्बर आवश्यक पर्दैन । एक्स नै यी कलका लागि ग्लोबल एड्रेस बुक हुनेछ । यो नै यस सुविधाबारे सबैभन्दा महत्त्वपूर्ण कुरा हुनेछ ।
Video & audio calls coming to X:
— Elon Musk (@elonmusk) August 31, 2023
- Works on iOS, Android, Mac & PC
- No phone number needed
- X is the effective global address book
That set of factors is unique.
यद्यपि, यो सुविधा पहिले नै ह्वाट्सएप, फेसबुक मेसेन्जर, इन्स्टाग्राम जस्ता मेसेजिङ एपहरूमा उपलब्ध छ ।
ट्विटरमा भिडियो तथा अडियो कल गर्ने सुविधा कहिलेसम्म उपलब्ध हुने भन्ने बारे मस्क वा ट्विटरले कुनै जानकारी दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण