आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्विटरमा छिट्टै अडियो–भिडियो कल, मस्कले गरे घोषणा

बिहीबार, १४ भदौ २०८०, १४ : ००
बिहीबार, १४ भदौ २०८०

अमेरिकी अर्बपति व्यापारी एलन मस्कले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडियो र अडियो कलको सुविधा चाँडै नै उपलब्ध हुने घोषणा गरेका छन् । उनले यो नयाँ फिचरले एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा काम गर्ने बताए ।

उनले लेखेका छन्, ‘‘एक्स’मा अडियो र भिडियो कलिङ सुविधा चाँडै आउँदै छ । यसले आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्ट कम्प्युटरहरूमा काम गर्नेछ ।’

यसका लागि कुनै फोन नम्बर आवश्यक पर्दैन । एक्स नै यी कलका लागि ग्लोबल एड्रेस बुक हुनेछ । यो नै यस सुविधाबारे सबैभन्दा महत्त्वपूर्ण कुरा हुनेछ ।

यद्यपि, यो सुविधा पहिले नै ह्वाट्सएप, फेसबुक मेसेन्जर, इन्स्टाग्राम जस्ता मेसेजिङ एपहरूमा उपलब्ध छ ।

ट्विटरमा भिडियो तथा अडियो कल गर्ने सुविधा कहिलेसम्म उपलब्ध हुने भन्ने बारे मस्क वा ट्विटरले कुनै जानकारी दिएको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप