शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीका चार स्थानीय तहले अझै ल्याएनन् बजेट

बिहीबार, १४ भदौ २०८०, १४ : ३९
बिहीबार, १४ भदौ २०८०

सर्लाही । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट अझै सार्वजनिक गर्न सकेका छैनन् । जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन ।

ती स्थानीय तहमा जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण नयाँ बजेट आउन नसकेको जनाइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यायको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । 

हरिपूर्वा नगरपालिकामा तालाबन्दी रहेका कारण बजेट ल्याउन नसकिएको नगर प्रमुख विनोद साहले जानकारी दिए । चन्द्रनगर र बसबरिया गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य आन्दोलनमा रहेका कारण बजेट आउन नसकेको हो भने हरिवन नगरपालिकामा पनि आपसी सहमति जुट्न नसक्दा नयाँ बजेट सार्वजनिक नभएको बताइएको छ । 

जिल्लाका बाँकी अन्य नगरपालिका र गाउँपालिकाले चालु आवको बजेट ल्याइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप