‘भष्मे डन’ को गीत : ‘दुई चुल्ठी बाटन’ भन्दै आँचलको पछि विपिन र निश्चल
काठमाडौंँ । अगामी दशैँमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘दुई चुल्ठी बाटन’ बोलको गीत जनै पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको हो ।
गीतमा विपिन कार्की, आँचल शर्मा र निश्चल खड्का देखिएका छन् । आँचल र निश्चल फिल्मको यहि गीतमा मात्र देखिने हुन् भने विपिन फिल्मका मुख्य कलाकार हुन् । गीतमा बी पाण्डेको शब्द, सुवास भुषालको संगीत र मेलिना राई र निशान भट्टराईको स्वर छ ।
निरज कँडेलको छायांकन, प्रविन सिंहको कोरियोग्राफी गीतमा छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रुपमा निर्माण भएको यो फिल्म पशुपति प्रसादको मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’ को जीवनमा आधारित छ ।
दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । फिल्मका खगेन्द्र लामिछाने र बर्षा शिवाकोटीको विशेष भूमिका छ ।
टुकी आर्टस्को ब्यानरमा निर्माण भएको फिल्म अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्म नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण