सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड गरिएको छ । सर्वसाधारणका लागि छुट्याइएको शेयरका लागि १४ लाख ६६ हजार ६२ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्यमवाट ७ लाख ६ हजार जना सफल आवेदनकर्ता छनौट गरी न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले यसअघि नै रु. १०० अङ्कित मूल्यका ४ लाख ८० हजार कित्ता शेयर र सामूहिक लगानी कोषको लागि छुट्याइएका ४ लाख ८० हजार कित्ता शेयर बाँडफाँड गरिसकेको छ । नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन नेपाल लाइफ इन्स्योरेन्सको जारी पूँजी रु.३ अर्व २० करोडको ३० प्रतिशतले हुने रकम रु ९६ करोड वरावरको रु.१०० अंकित दरमा ९६ लाख कित्ता साधारण शेयर मध्ये प्रतिशेयर रु. १०० अंकित दरमा प्रिमियम रु. १३९ थप गरी जम्मा मूल्य रु. २३९ मा ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको थियो ।
यस्तै ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई तथा कम्पनीमा कार्यरत कर्मचारीलाई पनि त्यति नै कित्ता निष्काशन तथा बाँडफाँड गरी बाँकी रहेको ७६ लाख ८० हजार कित्ता साधारण साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुला गरिएकोमा आज बाँडफाँड कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण