राप्रपाको बेलायत प्रवास अध्यक्षमा रोशन सापकोटा
काठमाडौँ । राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज पानसको बेलायत अध्यक्षमा रोशन सापकोटा सर्वसम्मतिले चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा सोनाम शेर्पा र शर्मिला लामा, महासचिवमा रमेश शाही ठकुरी, सचिवमा गीता गिरी, संगठन विभागमा डा.डेबिड थापा र भूपाल कार्की, प्राविधिकतर्फ राकेश शाह रहेका छन् ।
यसैगरी कार्यसमितिको सदस्यमा रामप्रवेश यादव, मिठूलाल बिक, सुरेन्द्र बम, शैलेस श्रेष्ठ, दिपक खड्का, कुमार गुरुङ र सुरज श्रेष्ठ रहेका छन् ।
भेलाले एक.के.श्रेष्ठ, वरिष्ठ गायिका मिरा राणा, नन्द कुमारी गुरुङ र प्रेमबहादुर गुरुङलाई सल्लाहकार चयन गरेको नवनिर्वाचित अध्यक्ष सापकोटाले जानकारी दिए ।
राप्रपाले पछिल्लो समय आक्रामक ढंगबाट पार्टीको प्रवास संगठन विस्तार गर्ने नीति लिएको र केही देशमा अधिवेशन सम्पन्न भइसकेको, केही अधिवेशन हुने क्रममा रहेको प्रवास विभागले जनाएको छ ।
हालै मात्रै युएई र साउदी अरबमा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा अधिवेशन सम्पन्न भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा कोलम्बियालाई स्तब्ध पार्दै स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण