१६ वर्षपछि नेपाल विश्व भारोत्तोलनमा
काठमाडौँ । नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ । भदौ १७ देखि ३१ गतेसम्म रियादमा हुने आईडब्लुएफ विश्व च्याम्पियनसिपमा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ८१ केजीमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । महिला ५५ केजीमा टीकामाया गुरुङ तथा ६४ केजीमा शारदा चौधरीले खेल्ने छन् ।
प्रशिक्षकमा जीवन गौतम, निर्णायकमा पार्थ सारथी सेन गुप्त र व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । गुप्त शुक्रबारै रियाद प्रस्थान गरिसकेका छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) पनि प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कोंग्रेसमा सहभागी हुन रियाड जाने छन् ।
व्यवस्थापक श्रेष्ठ, प्रशिक्षक गौतम, खेलाडी शारदा र टीकामाया सेप्टेम्बर ४ रियाद जाँदै छन् । सेप्टेम्बर ८ मा विशाल र विकास रियाड उड्ने छन् । अध्यक्ष श्रेष्ठ र खेलाडी सागर सेप्टेम्बर ११ मा रियाद प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयको सङ्ख्या बढाएर मन्त्री आलेमगरको जिम्मेवारी तोकिने
-
यी हुन् सन्दीपलाई सफाइ दिन उच्च अदालतले लिएका आधार
-
गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न सन्दीप पक्षको आग्रह
-
सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति
-
तस्बिरमा हेर्नुहोस् सफाइपछि सन्दीप
-
उपेन्द्र यादवको रिटमा सर्वोच्चको आदेश– निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु