शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा खड्का विजयी, तस्बिरहरु

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा खड्का विजयी, तस्बिरहरु

शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा अध्यक्षसहित ४ पदाधिकारी र ८ सदस्यमा पारसको प्यानलले जित हासिल गरेको हो । 

पारसले २३ मत ल्याउँदा उनका प्रतिस्पर्धी उमेश पिया १४ मत ल्याएर पराजित भए । पदाधिकारी र सदस्यमा पनि पारसको प्यानलका सबैले २३ र उमेशको प्यानलका सबैले १४ मत ल्याएका छन् ।

६ जिल्लाबाट २४ र कार्यसमितिको १३ जना गरी कुल ३७ जनाले मतदान गरेका थिए । उनीहरूको चयनबाट आगामी चार वर्षका लागि १३ सदस्यीय प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको नेतृत्व चयन हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया