सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अवस्था ठिक नभएका सवारी साधन चलाउने ३७ जना चालक कारबाहीमा

शुक्रबार, १५ भदौ २०८०, २० : ०३
शुक्रबार, १५ भदौ २०८०

भक्तपुर । भक्तपुरको जगातीमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ३७ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

१ सय २० भन्दा बढी  सवारी साधन चेक गर्दा ह्याीण्डब्रेक ठिक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ३७ वटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो । जसमा पिकअप गाडी १६, मिनी टिपर ७  टाटासुमो ६,  हाइस ६ र अन्य सवारी  साधन २ वटा रहेका छन् । 

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

त्यस्तै काठमाडौँको नागढुङ्गामा आजै गरिएको लापसे चेकिङका क्रममा २ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप