दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खला अस्ट्रेलियालाई
डर्बन । दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया टी–२० शृङ्खलामाथि कब्जा जमाउन सफल भएको छ । तीन खेलको शृङ्खलामा अस्ट्रेलिया २–० ले अघि रहेको हो । पहिलो खेल अस्ट्रेलियाले १११ रनको विशाल अन्तरले जितेको थियो ।
शुक्रबार साँझ भएको खेलमा अस्ट्रेलियाले जीतका लागि १ सय ६५ रनको लक्ष्य पाएको थियो । पाहुना टोलीले उक्त लक्ष्य ३१ बल बाँकी छँदै सफलतापूर्वक पछ्यायो । अस्ट्रेलियाको ब्याटिङमा पुनः एकपटक कप्तान मिचेल मार्स चम्किए । उनले मात्र ३९ बलमा ८ चौका र ६ छक्का हिर्काउँदै ७९ रन बनाए ।
उनलाई ओपनर म्याथु सर्टले ६६ रन बनाउँदै राम्रो साथ दिए । सर्टले ७ चौका र ४ छक्का हिर्काए । ट्राभिस हेडले १८ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि लिजाड विलियम्स र ताब्राइज साम्सीले १–१ विकेट लिए ।
यसअघि कप्तान एडन मार्क्रमको ४९ रनको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । टेम्बा बाभुमाले ३५ तथा ट्रिस्टन स्टब्सले २७ रन बनाए । अस्ट्रेलियाका लागि सन एबट र नेथन इलिसले ३–३ विकेट लिए । जेसन बेह्रेनडोर्फको खातामा दुई विकेट पर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण