खोलाले बगाउँदा दुई जनाको मृत्यु
शनिबार, १६ भदौ २०८०, १७ : २२

काठमाडौँ । देशका विभिन्न स्थानमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका-५ देउवाटोल बस्ने नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँस्थित मछली खोलाले बगाई शनिबार बिहान मृत्यु भएको छ । बाख्रा चराउन जानको लागि खोला तर्ने क्रममा बगाउँदा उनको मृत्यु भएको हो ।
उता बर्दियाको मधुबन नगरपालिका-२ खाता बस्ने २६ वर्षीया रबिना चौधरीको सोही ठाउँस्थित औरही खोलाले बगाई शनिबार दिउँसो मृत्यु भएको छ । राजापुर नगरपालिका-१० दमरा भन्ने स्थानमा बहिनीको घर जाने क्रममा उक्त खोलाले बगाएको भन्ने खबे प्राप्त हुनासाथ प्रहरी चौकी कोठियाघाटबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची