खोलाले बगाउँदा दुई जनाको मृत्यु
शनिबार, १६ भदौ २०८०, १७ : २२
काठमाडौँ । देशका विभिन्न स्थानमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका-५ देउवाटोल बस्ने नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँस्थित मछली खोलाले बगाई शनिबार बिहान मृत्यु भएको छ । बाख्रा चराउन जानको लागि खोला तर्ने क्रममा बगाउँदा उनको मृत्यु भएको हो ।
उता बर्दियाको मधुबन नगरपालिका-२ खाता बस्ने २६ वर्षीया रबिना चौधरीको सोही ठाउँस्थित औरही खोलाले बगाई शनिबार दिउँसो मृत्यु भएको छ । राजापुर नगरपालिका-१० दमरा भन्ने स्थानमा बहिनीको घर जाने क्रममा उक्त खोलाले बगाएको भन्ने खबे प्राप्त हुनासाथ प्रहरी चौकी कोठियाघाटबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण