नेपालबाट २ करोडको स्यानिटरी प्याड निर्यात
काठमाडौँ । नेपालबाट चालू आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा २ करोड रुपैयाँभन्दा बढीको स्यानिटरी प्याड निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा २ करोड ३ लाख रुपैयाँ बराबरको ७१ लाख ३८ हजार पिस प्याड निर्यात भएको हो ।
नेपालबाट निर्यात हुने स्यानिटरी प्याडको ९९ प्रतिशत हिस्सा भारत गएको छ भने थोरै हिस्सा अमेरिकातर्फ समेत निर्यात भएको छ । यस्तै, यस अवधिमा नेपालबाटै २ करोड ८९ लाख रुपैयाँ बराबरको डाइपर निर्यात भएको छ । यस अवधिमा नेपालबाट ३८ लाख ६० हजार पिस डाइपर निर्यात भएको विभागले जनाएको छ ।
यस्तै, यस अवधिबाट विदेशबाट नेपालतर्फ १६ करोड ४२ लाख रुपैयाँको डाइपर आयात भएको छ भने ८ करोड ५४ लाख रुपैयाँको प्याड आयात भएको छ । नेपालमा चीन, भारत, अमेरिका र पाकिस्तानबाट डाइपर आयात भएको देखिन्छ ।
यस्तै, चीन, भारत, कोरिया, पाकिस्तान, अमेरिका र संयुक्त अरब इमिरेट्सबाट स्यानिटरी प्याड आउने गरेको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण