जसपा सिरहाको सहइन्चार्जमा विष्णुकुमार साह
आइतबार, १७ भदौ २०८०, १४ : ५२
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको सिरहा सहइन्चार्जको जिम्मेवारी विष्णुकुमार साहले पाएका छन् । जसपा मधेस प्रदेश समितिको साउन ३० गते बसेको बैठकले साहलाई सहइन्चार्जको जिम्मेवारी दिएको हो । साह जसपाको मधेस प्रदेश समिति सदस्य हुन् ।
२०७० को संविधान सभामा निर्वाचनमा सिरहा–४ मा तत्कालीन फोरमबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गरेपछि उनी चर्चामा आएका थिए । सिरहामा मधेस आन्दोलनमा सक्रिय भएर लागेका उनी चुरे संरक्षण अभियानमा पनि लागेका छन् ।
जसपाले लागु गरेको नयाँ विधान कार्यान्वयनका लागि तीन महिने अभियान चलाएको छ । सोही विधान अनुसार साहलाई सहइन्चार्ज बनाएको छ । सिरहामा जसपाको इन्चार्ज कौशलेन्द्र यादव छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण