बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवर्द्धनका लागि ट्रेकिङ गाइडलाई फोटोग्राफी प्रशिक्षण

आइतबार, १७ भदौ २०८०, १८ : ४९
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि ट्रेकिङ गाइड तथा माउण्टेन गाइडहरूलाई छुट्टाछुट्टै फोटोग्राफी प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको संयुक्त आयोजनमा राजधानीमा चार दिन उक्त प्रशिक्षण चलेको हो ।

उक्त कार्यक्रम जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को आयोजना तथा अखिल नेपाल पर्यटन मजदुर संघ, नेपाल पर्यटन श्रमिक संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ नेपाल र समाजवादी पर्यटन टे«ड युनियन नेपालसँगको सहकार्यमा भाद्र ११ देखि १४ सम्म पर्यटन फोटोग्राफी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षणमा १३८ जना टे«किङ गाइडहरूको सहभागिता रहेको थियो । 

यस्तै माउण्टेन गाइड एशोसिएसन नेपाल (मोर्गान) संगको सहकार्यमा साउन १९ देखि २१ गतेसम्म ६५ जना माउण्टेन गार्डहरुका लागि मोबाइल फोटोग्राफी प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा फोटोग्राफी तथा मोबाइल फोटोग्राफिका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित नेपालको समग्र पर्यटनका बारेमा प्रशिक्षण दिइएको थियो ।

समापनका अवसरमा प्रमाणपत्र वितरण गर्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा टे«किङगाईड एवं माउण्टेन गाडहरुका लागि  यो तालिम आयोजना गरिएको बताउनु बताए । 

‘गाइडहरु आफैमा पर्यटन दूत हुन् । उनीहरूले पर्यटकलाई देशका विभिन्न ठाँउका बारेमा जानकारी गराउन फोटो महत्त्वपूर्ण माध्यम हुन सक्छ । पर्यटकहरुलाई घुमाउने गाइडहरूमा फोटोग्राफीको ज्ञान हुँदा पर्यटन प्रवर्द्धनमा पक्कै ठूलो सघाउ पुग्छ भन्ने हामीले अपेक्षा गरेका छौं’ उनले भने ।

प्रशिक्षणमा वरिष्ठ फोटोपत्रकार राजन काफ्ले तथा फोटोपत्रकार प्रदीप श्रेष्ठले क्यामेराको संचालन, फोटोको महत्त्व, यसका शैद्धान्तिक  तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिएका थिए । 

यस्तै नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टी.पी. भुसालले नेपालको समग्र पर्यटन तथा पर्यटन फोटोग्राफी तथा फोटोग्राफिमा गोपनीयता लगायत अन्य कानुनी पक्षबारे प्रशिक्षण दिएका थिए । 

जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिवीकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले गाइडहरुसँगै यस अघि महिला पत्रकार तथा अन्य पत्रकार गरी एक सय जना भन्दा बढी पत्रकारलाई पर्यटन फोटो पत्रकारिताको प्रशिक्षण प्रदान गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप