आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र नेदरल्याण्ड्स भिड्दै

बिहीबार, ०५ असार २०८२, ०९ : ११
बिहीबार, ०५ असार २०८२

सारांश

  • स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ मा ग्लास्गोमा सुरु हुनेछ।
  • नेपालले यसअघिका दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ, जसमा नेदरल्याण्ड्ससँग सुपर ओभरमा हार र स्कटल्याण्डलाई पराजित गरेको थियो।
  • नेपाल २ अंकका साथ अंक तालिकाको पुछारमा छ, स्कटल्याण्डसँग समान अंक भए पनि नेट रनरेटमा पछि परेको छ भने नेदरल्याण्ड्स ४ अंक सहित शीर्ष स्थानमा छ।

ग्लासगो । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दैछ । आजको खेल ग्लास्गोमा नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा नेपालले एकमा जीत र एकमा हार बेहोरेको छ । टोली पहिलो खेलमा नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा टोलीले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो ।

हाल २ अङ्क बटुलेको नेपाल तालिकामा पुछारमा रहेको छ । दोस्रो स्थानमा रहेको स्कटल्याण्डको पनि २ अङ्क नै भए पनि नेपाल नेट रन रेटमा पछि परेको हो । ३ खेलबाट ४ अङ्क बटुलेको नेदरल्याण्ड्स शीर्ष स्थानमा आसीन छ ।

प्रतियोगिता जित्ने सम्भावना कायम राख्न आज नेपाललाई खेल जित्नै पर्ने दबाब रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप