निरन्तर ओरालोतर्फ गोलभेँडाको मूल्य, प्याजको मूल्य प्रतिकिलो ७४ रुपैयाँ
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज गोलभेँडाको मूल्य घटेको जनाएको छ । समितिले आजको तरकारीको मूल्यसूची तय गर्दै गोलभेँडाको थोक मूल्य ६५ रुपैयाँ प्रतिकिलो रहेको जनाएको छ । हिजो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ थियो ।
यस्तै, ठुलो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ भने सानो गोलभेँडा (लोकल)को मूल्य ५५ रुपैयाँ छ । यस्तै, टनेल गोलभेँडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ प्रतिकिलो कायम छ । यसैगरी, रातो आलुको थोक मूल्य ५६ रुपैयाँ, मुडे आलु ५० रुपैयाँ, सुकेको प्याज ७४ हजार रुपैयाँ छ ।
समितिका अनुसार लोकल गाजरको मूल्य १४० रुपैयाँ, बन्दा ६६ रुपैयाँ र काउलीको मूल्य ९६ रुपैयाँ र रातो मुलाको मूल्य ९५ रुपैयाँ छ । लाम्चो भन्टा ५५ रुपैयाँ, बोडी ८५ रुपैयाँ, तिते करेला ९६ रुपैयाँ र लौकाको मूल्य ४५ रुपैयाँ प्रतिकिलो छ । यसबाहेक, तोरीको सागको मूल्य ५५ रुपैयाँ र हरियो प्याज १९० रुपैयाँ छ भने रायोको सागको मूल्य १५६ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण