सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेश हुन्छ : शिक्षामन्त्री राई

सोमबार, १८ भदौ २०८०, १६ : ०५
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् ।  

सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले ख्वप विश्वविद्यालय विधेयक–२०७३ संसद अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारीको काम पुनः सुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसदमा पेश गर्ने जानकारी दिए । 

बैठकमा सांसद प्रेम सुवालले सो विधेयक कहिले संसदमा पेश हुन्छ ? भनि मन्त्री राईलाई प्रश्न गरेका थिए । मन्त्री राईले सो विधेयकको मस्यौदा तयार गर्नका लागि सरकारले कार्यदल नै गठन गरेको र त्यसले आफ्नो काम गरिरहेको समेत बताए ।

त्यस अवसरमा मन्त्री राईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ को कार्यान्वयनसँगै उच्च शिक्षा समेत लक्षित वर्गका लागि निःशुल्क नै रहेको दाबी गरेका थिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप