५८ रन बनाउँदै आउट भए आसिफ शेख
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्दकाे खेलमा सोमबार नेपालले आफ्नो पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख पेभेलियन फर्किएका हुन् । उनी ५८ रनको ब्यक्तिगत स्कोरमा आउट भए । उनले ९७ बलको सामना गरी आठ चौका प्रहार गरे । उनको विकेट मोहम्मद सिराजले लिए । सिराजले उनलाई विराट कोहलीद्वारा क्याच गराएका हुन् ।
एसिया कप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्, आसिफ शेख । उनले ८८ बलमा अर्धशतक पूरा गरेका थिए । टेस्ट मान्यताप्राप्त राष्ट्रको सिनियर टोलीविरुद्घ अर्धसतक प्रहार गर्ने पनि उनी पहिलो नेपाली खेलाडी बनेका छन् । आशिफले एकदिवसीय क्रिकेटमा एक हजार दुई सय रन पनि पुरा गरेका छन् ।
२२ वर्षीय आशिफले ४३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै हालसम्म एक हजार दुई सय ५० रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा आसिफले एक शतक र १० वटा अर्धशतक प्रहार गरका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १० रन हो । उनले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्युगिनीविरुद्घ पहिलो एकदिवसीय प्रतियोगिता खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण