५८ रन बनाउँदै आउट भए आसिफ शेख
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्दकाे खेलमा सोमबार नेपालले आफ्नो पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख पेभेलियन फर्किएका हुन् । उनी ५८ रनको ब्यक्तिगत स्कोरमा आउट भए । उनले ९७ बलको सामना गरी आठ चौका प्रहार गरे । उनको विकेट मोहम्मद सिराजले लिए । सिराजले उनलाई विराट कोहलीद्वारा क्याच गराएका हुन् ।
एसिया कप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन्, आसिफ शेख । उनले ८८ बलमा अर्धशतक पूरा गरेका थिए । टेस्ट मान्यताप्राप्त राष्ट्रको सिनियर टोलीविरुद्घ अर्धसतक प्रहार गर्ने पनि उनी पहिलो नेपाली खेलाडी बनेका छन् । आशिफले एकदिवसीय क्रिकेटमा एक हजार दुई सय रन पनि पुरा गरेका छन् ।
२२ वर्षीय आशिफले ४३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै हालसम्म एक हजार दुई सय ५० रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा आसिफले एक शतक र १० वटा अर्धशतक प्रहार गरका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १० रन हो । उनले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्युगिनीविरुद्घ पहिलो एकदिवसीय प्रतियोगिता खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ फिल्म फ्लप हुँदा सङ्कटमा टाइगर श्राफ
-
नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी
-
‘दर्शन सलाम’का साहिमा र डेबिट उत्कृष्ट
-
अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
-
नदीजन्य पदार्थको ठेक्का अधिकार स्थानीय तहबाट खोसेर वन कार्यालयलाई दिने तयारी