मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
एसिया कप

आसिफ शेखको ऐतिहासिक अर्धसतक

सोमबार, १८ भदौ २०८०, १७ : ०७
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्, आसिफ शेख । उनले सोमबार भारतविरुद्घको खेलमा अर्धसतक बनाएका हुन् । उनले ८८ बलमा अर्धशतक पूरा गरेका हुन् । 

टेस्ट मान्यताप्राप्त राष्ट्रको सिनियर टोलीविरुद्घ अर्धसतक प्रहार गर्ने पनि उनी पहिलो नेपाली खेलाडी बनेका छन् । आशिफले एकदिवसीय क्रिकेटमा एक हजार दुई सय रन पनि पुरा गरेका छन् । २२ वर्षीय आशिफले ४३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै हालसम्म एक हजार दुई सय ४२ रन बनाएका छन् । उनी अझै क्रिजमा छन् । 

एकदिवसीय क्रिकेटमा आसिफले एक शतक र १० वटा अर्धशतक प्रहार गरका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १० रन हो । उनले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्युगिनीविरुद्घ पहिलो एकदिवसीय प्रतियोगिता खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप