एसिया कप
आसिफ शेखको ऐतिहासिक अर्धसतक
सोमबार, १८ भदौ २०८०, १७ : ०७
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्, आसिफ शेख । उनले सोमबार भारतविरुद्घको खेलमा अर्धसतक बनाएका हुन् । उनले ८८ बलमा अर्धशतक पूरा गरेका हुन् ।
टेस्ट मान्यताप्राप्त राष्ट्रको सिनियर टोलीविरुद्घ अर्धसतक प्रहार गर्ने पनि उनी पहिलो नेपाली खेलाडी बनेका छन् । आशिफले एकदिवसीय क्रिकेटमा एक हजार दुई सय रन पनि पुरा गरेका छन् । २२ वर्षीय आशिफले ४३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै हालसम्म एक हजार दुई सय ४२ रन बनाएका छन् । उनी अझै क्रिजमा छन् ।
एकदिवसीय क्रिकेटमा आसिफले एक शतक र १० वटा अर्धशतक प्रहार गरका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १० रन हो । उनले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्युगिनीविरुद्घ पहिलो एकदिवसीय प्रतियोगिता खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण