सूचना टाँस गरेर स्थगित गरियो बागमती प्रदेशसभा
मकवानपुर । विपक्षीले अवरोध गर्ने भएपछि बागमती प्रदेशसभा बैठक भदौ २० गतेसम्मका लागि स्थगित गरिएको छ । सरकारसँग गरिएको सम्झौता कार्यान्वयन गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित प्रतिपक्ष दल राप्रपाले अडान राख्दै बैठक चल्न नदिने चेतावनी दिएपछि संसद् बैठक स्थगित गरिएको हो ।
सूचना टाँस गरेर बैठक २० गते बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको बागमती प्रदेशसभा सचिवालय हेटौंडाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
विपक्षी दलहरुका कारण सोमबारका लागि बोलाइएको प्रदेशसभा बैठक २ पटकसम्म सारिएको थियो । दिउँसो १ः३० बजेसम्मका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगित गरी पुनः ४ बजेका लागि आह्वान गरिएको थियो । ४ बजेका लागि बोलाइएको बैठकसमेत निर्धारित समयभन्दा २ घण्टा पछिसम्म बस्न नसकेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।
के हो एमालेको माग ?
एमालेले सरकारसँग बजेट पारित गर्दा आफ्ना योजनाहरु समावेश गर्ने सरकारसँग सहमति गरेको र उक्त सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने अडान राख्दा संसद् बैठक स्थगित भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए ।
बजेटसम्बन्धी छलफलका लागि गत असार १४ देखि आह्वान गरिएको बैठकमा पनि एमाले र राप्रपाले अवरोध गरेका थिए । विपक्षीको विरोधपछि सत्तापक्षले बजेट पारित गर्न एमाले र राप्रपासँग क्रमशः ४५ करोड रुपैयाँ र २५ करोड रुपैयाँ सम्मको योजना समावेश गर्ने सहमति गरेको थियो ।
सरकारले राजनीतिक चरित्र देखाएन : गोसाईं
उता सरकारको गतिविधिमा निरन्तर विमति राख्दै आएको नेमकिपाले भने सरकारले राजनीतिक चरित्र देखाउन नसकेको आरोप लगाएको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले सरकारले राजनीतिक चरित्र सिक्न जरुरी रहेको बताए ।
प्रतिपक्षले दिएका सुझावसमेत सुन्न सक्ने अवस्था नहुनु सरकारको कमजोरी भएको उनले बताए । सदन सञ्चालन हुन नसक्नुमा सरकार नै गैरजिम्मेवार रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण