चेपाङको न्वागी पर्वमा तीन जिल्लामा सार्वजनिक बिदा दिने बागमती सरकारको निर्णय
हेटौँडा । बागमती प्रदेश सरकारले २२ गते प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ जातिको न्वागी (छोनाम) पर्वका अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा काठमाडौँको बूढानीलकण्ठ ५ की कृष्ण कुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयको संगठन संरचना र दरबन्दीसहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण