युक्रेन युद्ध : ‘हतियारबारे छलफल गर्न’ किम रुस जाने
मस्को । उत्तर कोरियाली नेता किम जोङ उन यो महिना रुस पुगेर राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्ने तयारी गरेको एक अमेरिकी अधिकारीले जनाएका छन् ।
बीबीसीमा प्रकाशित समाचारअनुसार दुई नेताबीच उत्तर कोरियाले रुसलाई युक्रेन युद्धका लागि हतियार सहयोग गर्ने विषयमा छलफल हुन सक्ने ती अधिकारीले जानकारी दिएका हुन् । दुई नेताबीच कहाँ भेट हुन्छ भन्ने चाहिँ अझै खुलेको छैन ।
अमेरिकाका मिडियाहरूले प्राथमिकताका साथ यो समाचार प्रकाशित गरे पनि उत्तर कोरिया वा रुसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । न्युयोर्क टाइम्सका अनुसार किम बख्तरबन्द रेलमा रुसमा पुग्नेछन् ।
यसअघि ह्वाइट हाउसले पनि दुई देशबीच हतियारबारे छलफल तीव्र रूपमा अघि बढेको बताएको थियो । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसका रक्षामन्त्री सर्गेई सोइगुले हालै उत्तर कोरियाको भ्रमण गर्दा प्योङयाङलाई हतियार बेच्न आग्रह गरेको दाबी गरेका थिए ।
पुटिन र किमबीच दुई पक्षीय सहयकार्य थप बढाउनका लागि पत्रहरू आदानप्रदानसमेत भएको किर्बीको भनाई थियो । उत्तर कोरियाले रुसलाई हतियार बिक्री गरे अमेरिकाले थप प्रतिबन्ध लगाउने उनले चेतावनी समेत दिएका थिए ।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण