‘एक भगवत् गीता’को विवाद मिलाउन फिल्मको स्क्रिप्ट हेर्दै दुई धार्मिक संस्था
काठमाडौँ । २९ भदौदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘एक भगवत् गीता’ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म विवादमा पर्न थालेको छ ।
दुई धार्मिक संस्था हिन्दु जागरण नेपाल र आध्यात्मिक विकास समाजले फिल्मले सनातन हिन्दु धर्ममा आँच आउने काम गरेको र अन्तर्जातीय विवाहको सन्दर्भले हिन्दु धर्मको अपमान गरेको बताएपछि विवाद निम्त्याएको हो ।
दुई धार्मिक संस्थाले विवाद निम्त्याएपछि सोही विवाद मिलाउन मंगलबार चलचित्र विकास बोर्डको रोहबरमा दुई धार्मिक संस्थाले फिल्मको स्क्रिप्ट अध्ययन गर्ने भएका छन् । चलचित्र विकास बोर्डको रोहवरमा निर्माण कम्पनी सुनिलकुमार थापा प्रोडक्सन र ती दुई संस्थाबीच सोमबार भएको छलफल अनुसार मंगलबार स्क्रिप्ट अध्ययन हुन लागेको हो ।
छलफलमा मंगलबार चलचित्र विकास बोर्डमा स्क्रिप्ट हेरेर टुङ्गो लगाउने सहमति भएको निर्माता सुनिलकुमार थापाले जानकारी दिए ।
‘बाहिर चर्चा भएजस्तो फिल्ममा विवाद हुने केही दृश्य छैन । त्यसैले विवाद टुङ्ग्याउन मंगलबार स्क्रिप्ट हेर्न सहमति भएको हो’ निर्माता थापाले भने ।
चलचित्र विकास बोर्डका अधिकृत हरिसिंह रैखोलाले फिल्मको विवाद दुवै पक्षबाट स्क्रिप्ट अध्ययन गरेपछि निकास दिने सहमति भएको बताए ।
झरना थापाले निर्देशन गरेको फिल्म ‘एक भगवत् गीता’मा विपिन कार्की, सुहाना थापा, धीरज मगरलगायतको शीर्ष भूमिकामा अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण