एमाले अधिवेशन
एमाले लुम्बिनी प्रदेश अधिवेशन : १ हजार चारमध्ये ९६५ मत खस्यो
मङ्गलबार, १९ भदौ २०८०, १४ : ५१
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानमा नौ सय ६५ मत खसेको छ ।
मंगलबार बिहान पौने नौ बजेबाट सुरु भएको मतदान दिउँसो पौने ३ बजे सकिएको निर्वाचन समिति सदस्य विष्णुप्रसाद खनालले जानकारी दिए ।
अधिवेशनमा एक हजार ४ जना मतदाता रहेका थिए ।
मतदान सकिएपछि मुचुल्का उठाएर मतगणना प्रक्रिया सुरु गर्ने निर्वाचन मण्डलले जनाएको छ । प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पाल्पाका हुन् भने, रिजाल प्युठानमा हुन् । पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा उत्रेका थिए ।
लुम्बिनीका १२ मध्ये ८ जिल्लाका लागि सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण