न्याय सेवाका सचिवसहित १२ जना सहसचिव र १५६ उपसचिवको सरुवा
मङ्गलबार, १९ भदौ २०८०, १५ : ३५
काठमाडौँ । न्याय सेवा आयोगले तीन जना सचिवको सरुवासँगै एक जना सचिवको पदस्थापना गरेको छ ।
आयोगको मंगलबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा, आयोगका सचिव लिलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरुवा गरेको छ ।
त्यस्तै सहसचिवबाट सचिवमा बढुवा भएका फणीन्द्र गौतमको सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएको छ । आयोगको बैठकले न्याय सेवाका विभिन्न कार्यालयमा काम गरिरहेका १२ जना सहसचिव र १५६ जना उपसचिवको पनि सरुवा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण