गाई गोरु बध गर्न पाउने कानुन बनाउन सांसद राईको माग
मङ्गलबार, १९ भदौ २०८०, १५ : ४६
२
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाई गोरु बध गर्न पाउने कानुन बनाउन माग गरेकी छिन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर लेखेपनि कानुन बनाउने क्रममा भने धर्मनिरपेक्ष ढंगको नभएको बताइन् ।
सांसद राइले लिम्बूको संस्कृति मनाउनका लागि गोरुको हड्डी चढाउनुपर्ने परम्परा रहेको बताउँदै त्यस्ता संस्कृति मनाउनेहरूका लागि गाई गोरु बध गर्न पाउने कानुन बनाउन माग गरिन् ।
उनले राज्यको कुनै धर्म नहुने बताउँदै नेपालको राष्ट्रिय जनावर नै परिवर्तन गर्नपनि माग गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण