अप्रत्यासित रुपमा सन्न्यासको घोषणा गरे क्विन्टन डी ककले
काठमाडौँ । दक्षिण अफ्रिकाका प्रभावशाली क्रिकेटर क्विन्टन डी ककले अप्रत्यासित रुपमा सन्न्यासको घोषणा गरेका छन् । उनले आगामी विश्वकपलगत्तै अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३औं संस्करण अक्टोबर ५ देखि नोभम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । उनी दक्षिण अफ्रिकाका ओपनर ब्याट्सम्यान हुन् । दक्षिण अफ्रिकाले मंगलबार आगामी विश्वकपका लागि टोली घोषणा गरेलगत्तै उनले आफ्नो सन्न्यासको घोषणा गरेका हुन् ।
विश्वकपका लागि घोषित दक्षिण अफ्रिकी टोलीमा भने क्विन्टन डी ककको नाम पनि समेटिएको छ । आगामी डिसेम्बर १० देखि २१ तारिखसम्म खेलिने भारतविरुद्घको एकदिवसीय शृंखलामा भने ३० वर्षीय डी कक सहभागी हुने छैनन् ।
डी ककले दक्षिण अफ्रिकाका लागि हालसम्म एक सय ४० वटा एकदिवसीय प्रतियोगिता खेलेका छन् । एकदिवसीय खेलमा उनले पाँच हजार नौ सय ६६ रन बनाएका छन् । उनले १७ शतक र २९ अर्धशतक पनि प्रहार गरेका छन् ।
एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन एक सय ७८ रन हो । उनले सन् २०१३ को जनवरी १९ तारिखमा न्युजिल्यान्डविरुद्घ एकदिवसीय खेलमा ‘डेब्यू’ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण