अधिवेशन
लुम्बिनीमा एमालेको प्रारम्भिक नतिजा सार्वजनिक : २ सय मत गन्दा अध्यक्षमा रिजालले लिए अग्रता
मङ्गलबार, १९ भदौ २०८०, २१ : ०९
रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्वका लागि भएको निर्वाचन मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक २ सय मतगणना गर्दा अध्यक्षका उम्मेदवार हरि रिजालले अग्रता बनाएका छन् । रिजालले १०९ मत पाउदा राधाकृष्ण कँडेलले ८९ मत मात्र पाएका छन् । २० मतले रिजाल अघि छन् ।
मंगलबार भएको मतदानमा सहभगी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।
निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रारम्भिक नतिजा आउन थालेपनि अन्तिम नतिजा भोलि बिहानसम्म आइसक्ने बताए । उनले नौ वटा टोली बनाएर मतगणना भइरहेको बताए । प्रत्येक सय मत गनेर सकेपछि परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण